Ad imageAd image

स्मार्टफोन चार्ज गर्दा ध्‍यानदिनुपर्ने कुराहरु

खबर खुराक
खबर खुराक ७ चैत्र २०७९, मंगलवार
3 Min Read
Aa

७ चैत काठमाडौं । धेरैजसो प्रयोगकर्ता आफ्नो फोन चार्ज गर्ने तरिकामा खासै ख्याल राख्दैनन् । त्यस्ता फोन चाँडै बिग्रन्छन् । त्यसैले फोनलाई चार्ज गर्ने कुरामा धेरै कुरामा ध्यान राख्नुपर्ने हुन्छ । तीमध्ये केही महत्त्वपूर्ण कुरा यहाँ उल्लेख गरिएको छ:

१. आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस् 

ब्याट्री कति लामो समयसम्म टिक्ने भन्ने कुरामा चार्जरमा पनि निर्भर हुन्छ । स्मार्टफोनका लागि कुनै ब्रान्ड नभएको, अथवा जथाभावी चार्जर प्रयोग गर्नु सबैभन्दा ठूलो गल्तीमध्ये एक हो । प्रायः स्मार्टफोन प्रयोगकर्ताले बारम्बार दोहोर्‍याउने गल्ती पनि यही हो ।धेरैजसो मोबाइल निर्माता कम्पनीले आधिकारिक कनेक्टर र चार्जर बक्समा नै उपलब्ध गराएका हुन्छन् । पछिल्लो समय केही ब्रान्डका फोनमा आधिकारिक चार्जर उपलब्ध हुँदैन । यस्तोमा सोही ब्रान्डको ओरिजिनल चार्जर खरिद गरेर प्रयोग गर्न सकिन्छ ।

२. ब्याट्री शून्य प्रतिशत हुनेगरी मोबाइल प्रयोग नगर्नुहोस् 

- Advertisement -
Ad image

केही प्रयोगकर्तालाई मोबाइल चार्ज गरिरहने बानी हुँदैन, जुन आफैंमा नकारात्मक बानी हो । फोनको ब्याट्री २० प्रतिशत पुग्नुभन्दा अगाडि नै मोबाइल चार्जमा राख्नु उपयुक्त हुन्छ ।

सामान्यतः: ब्याट्री २० प्रतिशत देखि ८० प्रतिशतबीचमा हुँदा फोनले राम्रोसँग काम गर्न सक्छ । २० प्रतिशतभन्दा कम ब्याट्री भएको अवस्थामा धेरै फोनमा ह्याङ हुनेजस्ता समस्या आउने गर्छन् । यसैले पनि फोनलाई समयमा चार्ज गर्नु उपयुक्त हुन्छ ।

३. चार्जर र मोबाइल छुट्टै राख्नुपर्छ 

धेरैजसो स्मार्टफोनले अहिले आवश्यकता भन्दा बढी चार्ज भएको खण्डमा चार्जर आफैं निष्क्रिय हुने फिचर ल्याएका छन् । तर यसको अर्थ फोन सुरक्षित छ भन्ने होइन । त्यसैले आफ्नो फोन चार्ज भइसकेपछि यसलाई चार्जरबाट छुटाउनु नै उपयुक्त हुन्छ ।

४. फोन तात्तिने गरी प्रयोग गर्नु हुँदैन 

फोन प्रयोग गरिरहँदा कहिलेकाहीँ कति समय प्रयोग गरियो भनेर भुल्ने गरिन्छ । यसो हुँदा फोन तातो भएसम्म पनि हामी चलाइरहेका हुन्छौं ।

यसले फोनको ब्याट्रीमा असर गर्न सक्छ । उच्च तापक्रमले ब्याट्रीलाई प्रेसर दिन्छ । यसले गर्दा सामान्य अवस्थामा भन्दा उच्च तापक्रम हुँदा ब्याट्रीले आफ्नो क्षमता गुमाउन सक्छ ।

५. चार्ज गर्दै फोन प्रयोग नगर्नुहोस् 

धेरै जनाको बानी चार्जमै राखेर फोन प्रयोग गर्ने हुन्छ । यो काम मोबाइलका लागि निकै घातक हो । चार्ज गर्दा गेमिङ वा भिडिओ हेर्नु धेरै हानिकारक छ । किनभने यसले चार्जिङको प्रक्रियालाई हानी पुर्‍याउन सक्छ । यसले स्मार्टफोनको ब्याट्रीलाई तातो बनाउँछ र फोन बिग्रन सक्छ ।

प्रतिक्रिया दिनुहोस्