Ad imageAd image

सलमान खानको सुरक्षा बढाइयो,अस्थायी प्रहरी चौकी स्थापना

खबर खुराक
खबर खुराक ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

७ चैत काठमाडौं । मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाएको छ ।

मुम्बई प्रहरीले लरेन्स बिश्नोई र गोल्डी ब्रारबाट धम्कीपूर्ण मेल प्राप्त गरेपछि सलमानको बान्द्राको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर अस्थायी प्रहरी चौकी स्थापना गरेको छ। यसमा दुई जना सहायक प्रहरी निरीक्षक र १० हवलदार २४ घण्टा खटिनेछन् । सलमानको घर नजिक फ्यानहरूलाई जान दिइएको छैन ।

सलमानसँग पहिले नै वाई श्रेणीको सुरक्षा छ। उनी बुलेट प्रुफ गाडीमा मात्रै घर बाहिर निस्कन्छन्, जसमा उनका निजी गार्डहरू पनि बस्छन्।

मार्च १९ मा सलमानलाई लरेन्स बिश्नोई गिरोहबाट इमेलमार्फत ज्यान मार्ने धम्की आएको थियो । सलमानका परिवारका सदस्यहरू यस विषयमा निकै चिन्तित छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्