Ad imageAd image

डाउन सिन्ड्रोमका लक्षणहरु

खबर खुराक
खबर खुराक ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

७ चैत काठमाडौँ । सामान्यतया व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ तर, डाउन सिन्ड्रोम भएकाहरूमा ४७ क्रोमोसोम हुन्छ । डाउन सिन्ड्रोम भनेको जन्मजात उपचार नहुने रोग हो ।

कोषहरूको विभाजन हुने हुँदा त्रुटिका कारण एउटा अतिरिक्त क्रोमोजम थपिएको कारणले डाउन सिन्ड्रोम हुन्छ । यस क्रोमोसोमले साधरणतया अधिकांशमा बौद्धिक अपाङ्गता बनाउँछ ।

डाउन सिन्ड्रोम हुँदा क्षमता र शारीरिक विकासको ढिलाइ अनुहारको आकारमा फरकपना देखाउँछ । डाउन सिन्ड्रोम हुँदा बच्चालाई बौद्धिक तथा शारीरिक अपाङ्गता हुन्छ । सानो उमेरमा यस्ता बच्चाहरू आफ्ना साथाीहरूको दाँजोमा ढिलो विकास हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डाउन सिन्ड्रोमका लक्षणहरू यस्ता छन् :

- Advertisement -
Ad image

–गोलो,चेप्टो अनुहार

–अति सानो चिउँडो

–नेप्टो नाक

–माथि फर्केको चिम्से आँखा

–मोटो चिरा परेको मुखबाट निस्किराख्ने जिब्रो

–खुट्टाको बुढी र दोस्रो अंगुलाबीच फाटो

–हत्केलामा एक्लो लाइन(साइमन क्रिज)

–छोटो गर्दन

–आँखाको नानीमा सेतो वा पहेँलो थोप्ला(ब्रसफिल्ड स्पाटस)

–होचोपन

–टाउकोको गोलाइ सानो

–सानो र तल जोडिएको कान

–मांसपेशीको फितलोपना

–शब्दहरू प्रष्ट बोल्न नसक्नु

–हिँड्नमा कठिनाइ

–डाउन सिन्ड्रोम भएका धेरैजसो व्यक्तिलाई मुटुको समस्या हुने गर्दछन् । कसै-कसैलाई ल्युकेमिया एक प्रकारको रगतको क्यान्सर पनि लाग्न सक्छ ।

–डाउन सिन्ड्रोम भएका व्यक्तिले ज्यादै ढिला सिक्छन् र उनीहरूलाई पटकपटक सम्झाइरहनु पर्दछ ।

–उनीहरू राम्रोसँग सम्झन सक्दैनन् र आफूले गर्ने कामलाई परिवर्तन गर्न पनि सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्