Ad imageAd image

सालकको खपेटासहित गोंगबुबाट एक महिला पक्राउ

खबर खुराक
खबर खुराक ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

७ चैत  काठमाडौं । प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ ।अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्