Ad imageAd image

पर्वतको कुश्माबजारको भण्डारी टोलमा चितुवाको आतंक

खबर खुराक
खबर खुराक ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

८ चैत कुश्मा । पर्वत सदरमुकाम कुश्मा बजारको भण्डारी टोलमा चितुवाको आतंक मच्चिएको छ । बुधबार बिहानै बस्तीमा छिरेको चितुवा स्थानीयको घरभित्र पसेपछि आतंक मच्चिएको हो । नेपाली कांग्रेस पार्टी कार्यालय अघिको तरकारी टनेलभित्र देखिएको चितुवा नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा पसेको छ ।

अहिले उक्त ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डिभिजन वन कार्यालय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको छ । घरभित्र चितुवा पसेपछि घरमा रहेका रेग्मीका परिवार तथा चितुवा हेर्न आएका छिमेकीहरूसमेत सबैजना कोठाभित्र ढोका थुनेर बसिरहेका छन् ।

चितुवा नियन्त्रणका लागि पोखराबाट विज्ञको  टोली बोलाइएको र उनीहरु आएपछि नियन्त्रणमा लिइने डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानाकारी दिए । चितुवाले वन अधिकृत अधिकारीलाई समेत आक्रमण गरेको छ। उनको घुँडामा सामान्य चोट लागेको छ ।

अहिले बजारबासीको चितुवा हेर्नका लागि भीड लागेको छ ।  चितुवा पसेको घर वरपरका बासिन्दाहरू त्रसित बनेका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्