Ad imageAd image

‘प्रसाद २’को ‘मार्सी धान’ गित सार्वजनिक ( भिडियो )

खबर खुराक
खबर खुराक ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

८ चैत काठमाडौं । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ । राजनराज र मिलन नेवारको स्वर समावेश गीत रोमान्टिक र डान्सिङ नम्बर लाग्छ । युट्युबमा करोडौं भ्युज प्राप्त गर्न सफल गीत पस्किएका सिवाकोटीले यसमा पनि आफ्नै शैलीको लय बुनेका छन् ।

गीतमा म्युजिक भिडियोको चर्चित जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई देख्न सकिन्छ । शीर्ष कलाकारहरु विपिन कार्की र केकी अधिकारी पनि गीतमा फिचर्ड छन् । यी चारैजना कलाकार गीतमा छमछमी नाचेका छन् । गीतमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।

सुदर्शन थापाको निर्देशन र सुशील पौडेलको पटकथा लेखन रहेको फिल्ममा सामाजिक र प्रेमको कथावस्तुलाई प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत खलपात्रको चरित्रमा देखिएका अर्पण थापाको अभिनयले पनि चर्चा बटुलेको छ । सुवास थापाको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । यो फिल्म चैत २४ गते रिलिज हुँदैछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्