८ चैत काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सको सेयर कारोबार भोलिदेखि रोक्का हुने भएको छ ।
दुवै कम्पनीले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्र पठाएका हुन् । सानिमा र रिलायन्स लाइफ इन्सुरेन्स एक आपसमा मर्ज भएर भोलिबाट एकीकृत कारोबार सुरु हुँदै छ ।
सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन दुवै कम्पनीले आग्रह गरेका हुन् ।
दुवै एक भएपछि अब सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई १ः१ सेयर अनुपातमा मर्जरमा जान स्वीकृति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्