Ad imageAd image

ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने

खबर खुराक
खबर खुराक ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

८ चैत, ललितपुर । ललितपुरमा चैत ९ गतेदेखि बुस्टरडोज खोप अभियान सन्चालन हुने भएको छ ।

जिल्लाका छवटै स्थानीय तहमा यही चैत ९ गतेदेखि १२ गतेसम्म कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिए ।

 “स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बुस्टर डोज खोप दिनेछौँ । पहिलो बुस्टर नलगाएकालाई पहिलो बुस्टर र पहिलो बुस्टर लगाएर छ महिना पुगेकालाई दोस्रो बुस्टर मात्रा दिने अहिलेको अभियान छ”, उनले भने ।

उनका अनुसार यो अभियान जिल्लाका पाँच वटा पालिकामा चैत ९ र १० गते सञ्चालन हुनेछ । महाँकाल गाउँपालिकामा भने चैत १०, ११ र १२ गते सञ्चालन हुनेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्