Ad imageAd image

शेखर कोइराला भन्‍छन सरकारको नियतमाथि प्रश्न उठेको छ

खबर खुराक
खबर खुराक ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

८ चैत काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा डा. कोइरालाले यस्तो धारणा राखेका हुन् ।

सरकारले व्यक्तिगत फोनदेखि सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा तयार गरिसकेको छ । डा. कोइरालाले लेखेका छन्,’ लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सो विधेयकको मस्यौदा तयार गरेको थियो । सो समय कांग्रेस लगायत दलको विरोध पछि विधेयक रोकिएको थियो । फेरि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समय मस्यौदा तयार पारिनु सरकारको नियतमाथि प्रश्न उठेको उनको ठहर छ ।

उनले थपेका छन्,’ विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ। राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस्।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्