८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वैशाख ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ ।
सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । जसमध्ये, एथलेटिक्समा १ सय ५४, भलिबल र कबड्डीमा समान १ सय २६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिने छन् ।
प्रतियोगितामा जम्मा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्णका लागि भिडन्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्