९ चैत काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार आजबाट सुरु भएको छ ।
यी दुई कम्पनीबीच बराबरी हैसियतमा मर्ज भइ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार प्रारम्भ भएको हो ।
दुवै कम्पनीको सेयर कारोबार रोक्का भइसकेको छ । बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई १ः१ सेयर अनुपातमा मर्जरमा जान स्वीकृति दिएको छ ।
सोहीअनुसार सेयर कायम गरिएको बताइएको छ । यो कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्