९ चैत काठमाडौं । नेपालमा आईफोन फोर्टिन प्रो र आईफोन फोर्टिन प्रो म्याक्सको मूल्य घटेको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेननेक्स्टले आईफोन १४ को नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
नयाँ मूल्य अनुसार अब १२८ जीबी स्टोरेज भएको आईफोन फोर्टिन प्रो एक लाख ८० हजार १९० रुपैयाँमै खरिद गर्न सकिनेछ । जसको मूल्य यसअघि एक लाख ८७ हजार ९९० रुपैयाँ रहेको थियो ।
यसैगरी २५६ जीबीको आईफोन फोर्टिन प्रोको नयाँ मूल्य एक लाख ९८ हजार ८९८ रुपैयाँ तोकिएको छ, जसको पुरानो मूल्य दुई लाख सात हजार ९९० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । यस्तै कम्पनीले आईफोन फोर्टिन प्रो म्याक्सको मूल्य समेत घटाएको छ ।
जस अनुसार अब १२८ जीबी स्टोरेज भएको आईफोन फोर्टिन प्रो म्याक्सलाई एक लाख ९८ हजार ८९० रुपैयाँ र २५६ जीबी स्टोरेज भएको आईफोन फोर्टिन प्रो म्याक्सलाई दुई लाख १७ हजार ७९० रुपैयाँ पर्नेछ ।
यसअघि १२८ जीबी आईफोन फोर्टिन प्रो म्याक्सको मूल्य दुई लाख सात हजार ९९० रुपैयाँ र २५६ जीबी आईफोन फोर्टिन प्रो म्याक्सको मूल्य दुई लाख २६ हजार ९९० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्