Ad imageAd image

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औं साधारण सभा ललितपुरमा

खबर खुराक
खबर खुराक ९ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

९ चैत ललितपुर । सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औं साधारण सभा बुधबारदेखि ललितपुरमा जारी छ।

अकोराबको आयोजनामा भएको कार्यक्रममा बुधबार पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी विषयमा छलफल भएको थियो।

साथै बदलिँदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दीगोपनाबारे पनि अन्तरसंवाद भएको अकोराबका अध्यक्ष अर्जुन गिरीले बताए।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले रेडियोहरूसँग सहकार्य गर्न स्थानीय तहहरूलाई आग्रह गरेका थिए।

- Advertisement -
Ad image

नागरिकलाई सूचना र जानकारी दिन रेडियो प्रभावकारी भएकोले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो। रेडियोलाई पालिकाले साझेदारका रूपमा सहयोग गर्नुपर्ने उनले बताए।

यसैबीच साधारण सभाको बन्दसत्रमा अकोराबका महासचिव किशोरजङ्ग थापाले संगठनात्मक, कोषाध्यक्ष सरोज पौडेलले आर्थिक र लेखा समिति संयोगक भूमि चापागाईंले लेखा समिति प्रतिवेदन पेश गरेका थिए।

सम्मेलन आजसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्