Ad imageAd image

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आज स्वदेश फर्किने

खबर खुराक
खबर खुराक १० चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

१० चैत काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आज स्वदेश फर्किने भएकी छन् । गत मंगलबार भारत भ्रमणमा गएकी शर्मा आज बेलुका मात्रै स्वदेश फर्किन लागेकी हुन् । आज बेलुका ४ बजे मन्त्री शर्मा स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले बताए ।

मन्त्री शर्मा अन्तर्राष्ट्रिय दुरसञ्चार संघ (आइटियू) को क्षेत्रीय कार्यालय उदघाटन कार्यक्रममा सहभागी हुन गएकी थिइन् । आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएपनि विभिन्न देशका सञ्चार मन्त्रीलाई समेत निमन्त्रणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्