Ad imageAd image

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रयोगबाट हुने जोखिम र सुरक्षा विषयमा छलफल

खबर खुराक
खबर खुराक १० चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

१० चैत काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रयोगबाट हुने जोखिम र सुरक्षा विषयमा छलफल थालेको छ । नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणको जिम्मेवारी पाएको निगमले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका पम्पहरूका सञ्चालकहरूसँग पम्पको सुरक्षा एवं मापदण्ड सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

कार्यक्रममा निगमका आपूर्ति विभागका निर्देशक वीरेन्द्र गोइत, नेपाल  पेट्रोलियम डिलर्स राष्ट्रिय  एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले मन्तव्य राखेका थिए ।

उनीहरुले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा आउने आकस्मिक जोखिम र त्यसको समाधानको विषयमा गम्भीर हुनुपर्ने समय आएको बताए ।

पेट्रोलियम पदार्थ प्रज्वलनशील पदार्थ भएकाले यसको बिक्री वितरणमा गम्भीर हुनुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनले यही लक्ष्यअनुरूप निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा ध्यान दिनुपर्ने र जोखिम न्यूनीकरणको लक्ष्यसहित सुरक्षा मापदण्डको विषयमा अभियान चलाएको रातोपाटीलाई बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्