Ad imageAd image

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारि

खबर खुराक
खबर खुराक १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

१२ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो ।

कांग्रेसको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भएको छ ।

- Advertisement -
Ad image

आफूहरु आन्तरिक छलफलमै रहेकाले आइतबारसम्ममा कांग्रेसले पनि नामावली टुंगो लगाउने तयारी गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्