Ad imageAd image

नेष्डो समृद्ध लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश दिने

खबर खुराक
खबर खुराक १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

१२ चैत काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले कूल चुक्ता पुँजीको ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

योसँगै कम्पनीको सेयरधनीहरुले ५० बोनस सेयर र कर प्रयोजनसहित २३.६८ प्रतिशत नगद लाभांश पाउने भएका छन् । जसका लागि कम्पनी कूल १८ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ ८४ पैसा खर्च गर्नेछ ।

यद्यपि, प्रस्तावित लाभांश भने नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयर धनीहरुमा वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्