Ad imageAd image

नेपाली बजारमा सुनको भाउ घट्यो

खबर खुराक
खबर खुराक १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

१२ चैत,काठमाडौं ।  नेपाली बजारमा सुनको भाउ सस्तिएको छ। आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तिएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय कायम भएको हो। तेजाबी सुन १ लाख ८ हजार ७०० कायम भएको छ।

अघिल्लो कारोबार साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको  थियो। तेजाबी सुन १ लाख ८ हजार ७०० कायम भएको छ।

सुनको मूल्य घटेपनि चाँदी भने महंगिएको  छ। आज प्रतितोला चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भइरहेको महासंघले  जनाएको छ। शुक्रबार प्रतितोला चाँदी  १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्