Ad imageAd image

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रसहित ६ दलले लिए फिर्ता

खबर खुराक
खबर खुराक १२ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

१२ चैत, काठमाडौं । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रसहित ६ दलले फिर्ता लिएका छन्।

यससँगै मुख्यमन्त्री लीला गिरीको सरकार अल्पमतमा परेको छ। उनले अब एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।

माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

उनीहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन्।

- Advertisement -
Ad image

केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेशमा पनि सोहीअनुसार सरकार बनाउने गृहकार्य सुरू भएको छ।

आजै माओवादी र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएका थिए।

अब नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ। नयाँ गठबन्धनबाट ५३ जना सांसदको हस्ताक्षर भइरहेको माओवादीका सांसद धनबहादुर मास्कीले बताए।

लुम्बिनीमा ८७ जना सांसद छन्।

नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ।

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जसपाका ३/३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन्।

लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन्।

गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्