Ad imageAd image

मिटरब्याज पीडितको समस्या सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ : सभापति लामिछाने

खबर खुराक
खबर खुराक १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

१४ चैत ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

हाम्रो पार्टी र हामी तपाईंहरुको साथमा छौं, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईंहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईंहरुलाई साथ दिनको लागि हामी आएका हौं,’ उनले भने, ‘हामी यसबाट लाभ लिन होइन, तपाईंहरुको साथमा हामी छौं ।’

उनले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पारे । ‘तल्लो वर्गको मानिसलाई जब प्राथमिकतामा राखिन्छ, तब मात्रै समस्या समाधान हुन्छ, मैले मन्त्री बनेर काम गर्दा यस्ता समस्यालाई पहिलो प्राथमिकतामा राखेको थियौं,’ उनले भने, ‘पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ । मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरुलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरुको माग तुरुन्त समाधान गर्नुपर्छ ।’

मिटरब्याज पीडितहरुको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्