Ad imageAd image

बर्दिवास देखि काठमाण्डौ पौदल हिडेरका आएका मिटरब्याजी पीडितहरुले बालुवाटारमा धर्ना

खबर खुराक
खबर खुराक १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

१४ चैत, बर्दिवास ।  बर्दिवास देखि काठमाण्डौ पौदल हिडेरका आएका मिटरब्याजी पीडितहरुले बालुवाटारमा धर्ना दिएको छ । पिडितहरुले आज आफुहरुको समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुनाउने भएको हो ।

बिहान बालुवाटारतर्फ लम्किरहेका पिडितहरुको समुहलाई प्रहरीले रोकेको छ । उनीहरूले बालुवाटार नजिकै सडकमा प्रदर्शन गरेका थिए भने धर्ना पनि दिए । उनीहरूले तमसुक व्यवस्था खारेज गर्न र मिटरब्याजविरूद्ध कानून बनाउन पनि माग गरेका छन् ।

मिटरब्याजको प्रवृति अन्य क्षेत्रको तुलनामा तराई मधेशमा विकराल छ । त्यसैले पनि मिटरब्याजीबाट पीडितहरुको संख्या सयौं छ । पीडितहरूलाई आज गृहसचिव विनोदप्रकाश सिंह र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटेर कुराकानी गरेका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आज मिटरब्याजी पीडितहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

सोमबार जनमत पार्टीका अध्यक्ष सिके राउतले मिटरब्याजी पीडितलाई भेटेर समस्या समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्