Ad imageAd image

एपीएफ क्लब ललितपुर मेयर कप महिला क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश

खबर खुराक
खबर खुराक १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

१४ चैत, काठमाडौं । एपीएफ क्लब ललितपुर मेयर कप महिला क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।

ललितपुर मेयर ११ लाई ३७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।

एपीएफको जितमा राजमती ऐरीको अलराउन्डर प्रदर्शन रह्यो । ब्याटिङतर्फ ४१ रनको अविजित पारी खेलेकी उनले बलिङतर्फ २ विकेट लिइन् ।

एपीएफकी सीता राना मगरले १९ रन जोडिन् ।

- Advertisement -
Ad image

ललितपुर मेयर ११ का लागि सिमाना केसी र सृष्टि जैशीले समान २–२ विकेट लिए ।

१११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो ।

ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक १५ रन बनाइन् । उनले १९ बलमा १ चौका प्रहार गरिन् । लक्ष्मी चौधरीले १० रन बनाउँदै बिनु बुढाको बलमा इन्दु बर्माको हातबाट क्याच भइन् ।

सिमाना केसीले १० रन जोडे भने अन्य कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । यो जीतसँगै ४ खेलमा ८ अंक जोडेको एपीएफले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्