१४ चैत ,काठमाडौं । अमेरिकाको टेनेसी राज्यको न्यासभिलमा रहेको एउटा क्रिश्चियन स्कूलमा गोलाबारी भएको छ ।
द कभेन्ट नामक क्रिश्चियन स्कूलमा भएको आक्रमणमा गोली लागेर ६ जनाको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा तीन विद्यार्थी पनि छन् ।
अड्रे हेल नामकी २८ वर्षीया युवतीले गोलाबारी गरेकी थिइन् ।
आक्रमणपछि घटनास्थलमा पुगे प्रहरीले १५ मिनेटभित्रै आक्रमणकारी महिलालाई मारेका छन् ।
घटनापछि त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्