Ad imageAd image

सानिमा बैंकले गर्‍यो देशभरका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

खबर खुराक
खबर खुराक १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

१४ चैत ,काठमाडौँ । ग्लोबल मनी विक–२०२३ अभियान अन्तर्गत सानिमा बैंकले चैत्र ६ देखि चैत्र १२ गतेसम्म देशभरका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको समेत व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता अन्तर्गत देशभरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरिएको बैंकको भनाइ छ  । साथै ग्लोबल मनी विकको ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्