१५ चैत ,काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर कारोबार भएको हो ।
मंगलबार प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्