१५ चैत ,काठमाडौं । शिक्षक सेवा आयोगले सशर्त लिइएका अध्यापन अनुमति पत्र (लाइसेन्स) तोकिएको समयमा तालिम नलिए स्वतः रद्द गर्ने भएको छ । आयोगले तत्कालीन समयमा उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि सशर्त लाइसेन्स दिएको थियो । उक्त लाइसेन्स अद्यावधिक गर्न २०८१ चैत्र मसान्त सम्म तालिम लिइसक्नुपर्ने आयोगले जनाएको छ ।
नेपाली र सामाजिक विषयका अध्यापन अनुमतिपत्रका लाग अनिर्वाय तालिम लिनुपर्नेछ । उक्त तालिम तोकिएको समयावधिभित्र नलिएको खण्डमा त्यस्ता लाइसेन्स स्वतः खारेज गर्ने आयोले निर्णय गरेको हो ।
तत्कालीन समयमा माध्यमिक तहको विषयगत अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भएका उम्मेदवारलाई २०८१ चैत्र मसान्त सम्म तालिम पूरा गर्ने शर्तमा सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयबाट लाइसेन्स वितरण गरिएको थियो । उनीहरुलाई तोकिएको समयभित्र तालिम लिन भनेको हो ।
प्रतिक्रिया दिनुहोस्