Ad imageAd image

भूगोल इनर्जीले आईपीओ निष्कासन गर्ने

खबर खुराक
खबर खुराक १५ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

१५ चैत ,काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ लाख ३२ हजार १६० कित्ता सेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने गयारी गरेको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा एक लाख आठ हजार ८११ कित्ता सेयर बाँडफाँट गरिएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता सेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० देखि ३० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । मागबमोजिम आवेदन नपरेमा आगामी वैशाख ७ गतेसम्म विक्री खुला रहने कम्पनीले जनाएको छ ।

- Advertisement -
Ad image

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङले वित्तीय दायित्व बहन गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले दैलेख जिल्लामा ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।

आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्म यो कम्पनी एक लाख २३ हजार नोक्सानीमा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ६७.६३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्