Ad imageAd image

मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन ४ ग्रामसहित दुईजना पक्राउ

खबर खुराक
खबर खुराक १५ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

१५ चैत , झापा । झापाकाे मेचीनगर नगरपालिका -६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ बस्ने २४ वर्षीय प्रजन्त राई र बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ घर भई झापा विर्तामोड नगरपालिका-१ बस्ने २१ वर्षीय शोहन भडेल रहेका छन् ।ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे.१० प ३८०७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्