Ad imageAd image

इन्धनको मूल्य घट्यो

खबर खुराक
खबर खुराक १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

१६ चैत ,श्रीलंका । श्रीलंकाको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् ।

मन्त्री विजेसेकराका अनुसार आज मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउने छन् ।

अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् ।

साथै अमेरिकी डलरको  तुलनामा श्रीलंकाली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्