Ad imageAd image

सुनको मूल्य घट्यो

खबर खुराक
खबर खुराक १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

१६ चैत ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुन तोलाको एक लाख आठ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलाको एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्