Ad imageAd image

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो बारा-२ बाट चुनाव लड्ने तयारी

खबर खुराक
खबर खुराक १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

१६ चैत ,काठमाडौँ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो बारा-२ बाट चुनाव लड्ने तयारी गरेका छन् । गत चुनावमा सर्लाही-२ बाट महिन्द्र राय यादवसँग पराजित भएका महतो अब बारा-२ मा चुनाव लड्न जान लागेका हुन् । जिल्लाका नेताहरुबाट माग आएको भन्दै महतो चुनावको तयारीमा छन् ।

‘स्थानीय तहबाट आउनु पर्‍यो भन्ने माग भइरहेको छ अब हेरौ हामी छलफल गर्दैछौं,’ नेता महतोले इकान्तिपुरसँग भने ।

महतो २०७४ सालमा धुनुषाबाट चुनाव लडेका थिए । २०७९ को चुनावमा उनी आफ्नै गृहजिल्ला सर्लाहीमा चुनाव लड्न आइपुगे । तर उनी महिन्द्र यादवसँग पराजित भए ।

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच अहिले कार्यगत एकता गर्ने सहमति छ । तर चुनावको सन्दर्भमा भने के गर्ने भन्ने टुंगो छैन ।

- Advertisement -
Ad image

जनमत पार्टीले पनि बारा-२ बाट शिवचन्द्र कुसवाहालाई उठाउने तयारी गरेको छ। कुसवाहा बुधबार माओवादी छोडेर चुनावमा उम्मेदवार बन्नका लागि जनमत पार्टीमा प्रवेश गरेका थिए । ‘विगतमा जनमत पार्टीले लोसपालाई सघाउने कुरा गरेको थियो, महतो जस्तै नेता नै त्यहाँ जानु भयो भने जनमतले सघाउन सक्छ’ लोसपाका कार्यकारिणी सदस्य केशव झाले भने ।

प्रतिक्रिया दिनुहोस्