Ad imageAd image

प्रभु बैंक लिमिटेड संस्थापक शेयर आजदेखि बिक्रीमा

खबर खुराक
खबर खुराक १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

१६ चैत ,काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने र आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने हुन्छ । बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ ।

बैंकका अनुसार तोकिएको अवधिभित्र शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर बिक्री गरिने छ ।

प्रतिक्रिया दिनुहोस्