Ad imageAd image

वडा अध्यक्ष र गाउँपालिकाका प्रमुख शासकिय अधिकृत घुस सहित पक्राउ

दिलिप पौडेल
दिलिप पौडेल १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडाध्यक्ष भीम बहादुर यादव ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना बिचौलिया विनोद भर समेत छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले बिहीबार गरेको स्टिङ अप्रेसनमा उनीहरूलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

पक्राउ परेका तिनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस लिने क्रममा पक्राउ परेका छन् ।

- Advertisement -
Ad image

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र अर्का बिचौलिया विनोद भरलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरूलाई गाउँपालिकाको चमेना गृहबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिनुभयो।

स्थानीयका अनुसार पालिका अधिकृत
मरासिनीमाले विभिन्न ठेक्कापट्टामा रकम माग गरेको गुनासो गदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्