Ad imageAd image

मनाङमा भीरबाट खसेर गयो एक पर्यटकको ज्यान

खबर खुराक
खबर खुराक १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

१७ चैत ,पोखरा । मनाङमा भीरबाट खसेर एक पर्यटकको ज्यान गएको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक झाङ जी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार जी नासो गाउँपालिका वडा नं. २ खोत्रो भीरबाट खसेर गम्भीर घाइते भएका थिए ।

उनको उद्धार गरि लमजुङको बेंसीसहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको गण्डक िप्रदेशका वरिष्ठ हरी उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए ।

मस्र्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा जी बाटोबाट तल खसेका थिए । उनी सडबाट करिब २०० मिटर तल पुगेका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्