Ad imageAd image

सुनको मूल्य हजार रुपैयाँ बढ्यो

खबर खुराक
खबर खुराक १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

१७ चैत ,काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बिहीबार तोलामा एक लाख आठ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्