Ad imageAd image

जासुसीको आरोपमा अमेरिकी संवाददातालाई पक्रियो रुसले

खबर खुराक
खबर खुराक १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

१७ चैत ,वासिङटन । रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददातालाई पक्राउ गरेको छ । शीतयुद्धपछि पहिलोपटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन् ।

पत्रिकाले रुसी आरोप अस्वीकार गर्दै उनको तत्काल रिहाइको माग गरेको छ । साथै पत्रिकाले उनका परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

३१ वर्षीय इभान गर्शकोविचलाई रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट बुधबार पक्राउ गरेको हो । रुसको सङ्घीय सुरक्षा सेवाले उनलाई गोप्य सूचना प्राप्त गर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको निर्देशनमा उनले रुसी सैनिक र उसका गतिविधिबारे सूचना सङ्कलन गरेको आरोप लगाइएको छ ।

रुसको गुप्तचर सेवा एफएसबीले पत्रकार गर्शकोविचलाई पक्राउ गरेको हो । सोभियत युगको गुप्तचर निकाय केजिबीको मुख्य उत्तराधिकारीका रूपमा एफएसबी परिचित छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्