Ad imageAd image

महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु

खबर खुराक
खबर खुराक १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

१७ चैत, जनकपुरधाम। महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ ।

बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।

अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । उनी गौर नगरपालिक-२ का बासिन्दा हुन्।

बिहान ९ : २५ बजे मृत्यु भएको हो । पोस्टमार्टम  गरी उनको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्