२० चैत ,उदयपुर । उदयपुरको बेलका नगरपालका वडा नं.२,मा महिला उद्यमशिलता विकासका लागि तीन महिने ढाका बुनाई सम्बन्धि तालिम सुरु गरिएको छ । वडा नं.२ बानडाँडा स्थित रेडक्रसको भवनमा गत आईतवार १२ गते देखि सुरु भएको तालिम आगामी असारको १२ गते सम्म हुने भएको हो ।
तालिममा विशेष गरी महिलाहरुलाई लक्षित गर्दै बेलका नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखा गरीबी निवारणका लागी लघु उद्यम (मेड्पा) कार्यक्रम मार्फत उनीहरुलाई तालिम प्रदान गरिएको हो । महिला उद्यमशिलता बिकासका लागी संचालन गरिएको सिपमुलक तालिममा त्यसक्षेत्रका १४ जना महिलाहरुको सहभागिता रहेको बेलका नगरपालिकाका उद्यम बिकास शाखाका भरत कुमार दाहालले जानकारी दिनुभयो ।
ढाका बुनाई सम्बन्धि सिपमुलक तालिम पछि महिलाहरु आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख अशोक कार्कीले उत्पादित सामाग्रीहरुको बजारीकरणका लागी समेत नगरपालिकाको सहयोग रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्