Ad imageAd image

सजायविरुद्ध अपिल गर्न नेता राहुल गान्धी अदालत जादै

खबर खुराक
खबर खुराक २० चैत्र २०७९, सोमबार
1 Min Read
Aa

२० चैत ,काठमाडौं ।  मानहानि मामिलामा दोषी ठहर भएका भारतीय कंग्रेसका नेता राहुल गान्धी अदालत जाने भएका छन् । गान्धीलाई मानहानि मुद्दामा सुरत अदालतले दुई वर्षको सजाय सुनाएको थियो ।  उक्त सजायको विरुद्ध अपिल गर्न राहुल आज अदालत जाने भएका हुन्  ।

सन् २०१९ मा कर्नाटकको एक सभामा मोदी थरलाई लिएर बयान दिएका थिए । उनले त्यहाँ ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी प्रश्न गरेका थिए । यसपछि सुरत पश्चिमका भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले राहुलविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए । सोही मामलामा सुरत अदालतले राहुललाई दोषी ठहर गरेको थियो । उनलाई  दुई वर्षको जेल सजाय सुनाएको थियो।

 सजाय सुनाइएपछि उनी लोकसभा सांसदका लागि अयोग्य घोषित भएका थिए । अदालतको यो निर्णयलाई चुनौती दिन राहुल आज गुजरात अदालतमा जाँदै छन् । उनले अदालतको आदेश खारेजीको गर्न माग गर्दै अदालतमा निवेदन दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्