Ad imageAd image

सप्तरीमा एक जना मिटरब्याजी पक्राउ

खबर खुराक
खबर खुराक २० चैत्र २०७९, सोमबार
1 Min Read
Aa

२० चैत , सप्तरी । सप्तरीमा एक जना मिटरब्याजी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कल्याणपुरले सोमबार बिहान राजविराजबाट मिटरब्याजी आरोपी एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।

राजविराज नगरपालिका-७ बस्ने सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो। उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन्।

उनीविरूद्ध कल्याणपुरमा जाहेरी परेको थियो।

- Advertisement -
Ad image

जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो।

सप्तरी प्रहरी स्रोतका अनुसार २०६६ सालमा उनका बुवा र स्थानीय निर्मलकुमार यादवका बुवाबीच २५ लाखको कारोबार भएको थियो।

निर्मलकुमार यादवका बुवाले शम्भुनाथ नगरपालिकामा रहेको ८ बिगाह ७ कठ्ठा ७ धुर जग्गा धितो राखेर २५ लाख ऋण लिएका थिए।

अहिले पैसा चुक्ता गर्दा २५ लाख नगदको बदलामा १३ करोड माग गरेपछि पीडित प्रहरी कहाँ पुगेका थिए। यसअघि पीडितले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएका थिए।

‘पीडितले पटक-पटक रकम तिरेको भन्छन्, अर्कोले तिरेको छैन भन्छन्। अहिले कल्याणपुरमा छलफल भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो।

सरकारले मिटरब्याजको समस्या समाधान गर्न पीडितहरूसँग शनिबार मात्रै पाँच बुँदे सहमति गरेको छ। महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूसँग गृह मन्त्रालयका सहसचिव नेतृत्वको वार्ता टोलीले पाँच बुँदे सहमति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्