Ad imageAd image

जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ

खबर खुराक
खबर खुराक २१ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

२१ चैत, जनकपुरधाम । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् ।

जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई पक्राउ गरेको हो । उनीहरुले इन्टरनेट जोडेर प्रयोग गरेका ३० वटा कम्प्युटर र तयारी अवस्थामा रहेका ६० वटा कम्प्युटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट दुईवटा मोटरसाइकल पनि बराम गरिएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

- Advertisement -
Ad image

उक्त कल सेन्टरका मुख्य संचालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्