२१ चैत ,काठमाडौँ । उदय सुब्बाको निर्देशन रहने फिल्म ‘दुई कदम’ छायाङ्कन सुरु भएको छ । फिल्मको मुस्ताङबाट छायाङ्कन सुरु भएको हो । मुस्ताङपछि फिल्म धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा खिचिनेछ ।
दयाराम घिमिरेको कथा रहेको प्रेमकथामा बन्न लागेको फिल्म तारा देवी लिम्बुले निर्माण गर्न लागेकी हुन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भँगेरी कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।
विक्रम डिसीको छायाङ्कन रहने फिल्ममा तारा प्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, राजु किराँतीको द्वन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य रहनेछ । फिल्म अगामी भदौमा प्रदर्शन हुने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्