Ad imageAd image

प्रहरीले फेला पार्‍यो जलविद्युत आयोजनाको जलासय इन्द्रसरोबरमा बेपत्ता एक व्यक्तिको शव

खबर खुराक
खबर खुराक २२ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

२२ चैत ,काठमाडौँ ।  सशस्त्र प्रहरी बलले कुलेखानी जलविद्युत आयोजनाको जलासय इन्द्रसरोबरमा बेपत्ता एक व्यक्तिको शव फेला पारेको छ ।

मकवानपुरको इन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।  काठमाडौँको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो । इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा उनी मंगलबार हामफाल्दा बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्