Ad imageAd image

मन्थलीमा बोलेरो दुर्घटना : पाँचजनाको मृत्यु, १० घाइते

खबर खुराक
खबर खुराक २३ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा चारजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो।

रामेछाप प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कौछिनीकी ८२ वर्षीया नन्दमाया भण्डारी, ६८ वर्षीया जेसुङ तामाङ, ४० वर्षीया ज्यानरानी तामाङ र सुनापाती गाउँपालिका १ दुम्सीकी ८ वर्षीया बालिका लाक्पा घिसिङको घटनास्थलमै मृत्यु भएको हो।

चालक कौछिनीकै ५० वर्षका दलबहादुर आले मगरको भने उपचारकै क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएको हो।

- Advertisement -
Ad image

अन्य १० जना घाइतेको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्