Ad imageAd image

गुल्मीमा गएराति आगलागी हुँदा एक जना वृद्धको मृत्यु

खबर खुराक
खबर खुराक २४ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

२४ चैत, गुल्मी । गुल्मीमा गएराति आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीमा परेर जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए ।लसि

जिसीको घरमा गएराति करिब १० बजे आगलागी भएको थियो । आगलागीबाट ढुंगा माटोले बनेको घर जलेर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

घरमा लागेको आगो नियन्त्रणका लागि प्रहरी निरीक्षक घिमिरेसहित १४ जनाको टोली घटनास्थल गएको थियो । आगलागीको कारण खुलेको छैन ।

यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका-३ थुमडाम बस्ने डोलराम भण्डारीको घरमा बिहीबार दिउँसो आगलागी हुँदा ४७ हजार रुपैयाँ नगद, ४ तोला बराबरको सुनका गहना, अन्नपात, लत्ताकपडा, काठपात लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्