Ad imageAd image

सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गर्ने निर्णय

खबर खुराक
खबर खुराक २४ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

२४ चैत, काठमाडौं । सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट ( A’ La carte ) प्रणाली लागू गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल लागू हुने गरी चैत १५ मा मन्त्रीस्तरीय निर्णय गरेकी हुन् ।

आलाकार्ट लागू भएसँगै अब टेलिभिजनका दर्शकले सीमित शुल्कमा आफ्नो रोजाईका च्यानल मात्रै खरिद गर्न सक्नेछन् । अब टिभी च्यानल खरिदका लागि आधारभूत २५० रुपैयाँ र अधिकतम ५०० रुपैयाँ शुल्क तय गरिएको छ ।

न्यूनतम शुल्क अन्तरगत प्रशारण संस्थाले नेपाली टेलिभिजन च्यानल तथा विदेशी फ्रि टु एयर च्यानलहरु उपभोक्तालाई देखाउनुपर्ने मन्त्रालयको निर्णयमा उल्लेख छ ।

‘त्यस्ता टेलिभिजन च्यानलहरुमा सूचनामूलक, समाचारमूलक शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद आदि विषयवस्तु समावेश भएको हुनुपर्ने मन्त्रालयको सूचनामा भनिएको छ ।

- Advertisement -
Ad image

आलाकार्ट लागू भएसँगै अब उपोभोक्ताले सिग्नल वितरकलाई तिर्ने शुल्कमा एकरूपता आउने छ भने सिग्नल वितरकले विदेशी च्यानललाई तिर्ने शुल्क पनि वैज्ञानिक र पारदर्शी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्