Ad imageAd image

जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार

खबर खुराक
खबर खुराक २४ चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

२४ चैत, जनकपुरधाम । जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।

जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो आएको बेला फरार भएका हुन्  ।

कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन ल्याएका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्