Ad imageAd image

नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ

खबर खुराक
खबर खुराक २४ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

२४ चैत, काठमाडौं । नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङजाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।

उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घर धनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।

‘नेपाली सेनाले आफ्नो साइबर स्पेशमा कसैले अनधिकृत पहुँच पुर्‍याएको भन्दै दिएको सूचनाका आधारमा अनुसन्धान थालेका थियौं’, अर्यालले भने, ‘त्यसक्रममा प्रविधिक विश्लेषण र ह्युमन इन्टलिजेन्सका आधारमा यस कार्यमा संलग्न व्यक्तिलाई घरबाटै पक्राउ गरेर ल्याएका छौं ।’

- Advertisement -
Ad image

प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाबाट के के विवरण लगेका थिए भन्ने खुलेको छैन । उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन । ‘यसबारे विस्तृत अनुसन्धान बल्ल सुरु भएको छ’, एसएसपी अर्याल भन्छन् ।

ढकालविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्