Ad imageAd image

पीएसजीको जितमा मेसीको गोल

खबर खुराक
खबर खुराक २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

२६ चैत, काठमाडौं । लिओनल मेसीको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान को क्कीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिवार राती नाइसलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा लगातार दुई हारपछि पीएसजीले लिगमा पहिलो खेल जितेको हो ।

नाइसको मैदानमा भएको खेलमा मेसीले एक गोल गर्नुका साथै एक असिस्ट गरे ।

खेलको २६औं मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा सर्जियो रामोसले मेसीकै पासमा पीएसजीका लागि दोस्रो गोल गरे ।

- Advertisement -
Ad image

जितपछि पीएसजीले दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता समेत बनाएको छ ।

पीएसजी ३० खेलबाट ६९ अंकसहित शीर्ष स्थानमा यथावत छ । लेन्सको समान खेलबाट ६३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्