Ad imageAd image

रिङ्नेरहमा दलित समुदायका नागरिकलाई क्षमता विकास तालिम

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २७ चैत्र २०७९, सोमबार
2 Min Read
Aa

पाल्पा, २७ चैत । पूर्वखोला गाउँपालिका -३ रिङ्नेरहको आयोजनामा क्षमता विकास, उद्घोषण तथा सकारात्मक सोंच सम्बन्धी २ दिने तालिम सोमबार सम्पन्न भएको छ । दलित लक्षित कार्यक्रम अन्तर्गत यो तालिम आयोजना गरिएको हो ।

दलित उत्थान समन्वय समिति रिङ्नेरहले तालिममा समन्वय गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर १ का संघीय सांसद नारायण प्रसाद आचार्यले जातीय विभेद गर्नेलाई कानुन अनुसार कारबाही हुने बताउनुभयो । संविधानमा उल्लेख भएको विशेष अधिकार र आरक्षणले दलित समुदायका नागरिकलाई केही हदसम्म सक्षम बनाइरहेको उहाँले बताउनुभयो । कतिपय व्यक्तिको चेतना र बुझाइको कारणले विभेद न्यूनीकरणमा केही चुनौती छ । यसको अन्त्यको लागि कानुन प्रभावकारी कार्यान्वयन हुनुपर्ने आचार्यले बताउनुभयो । समूहमा आवद्ध हुनुहोस् । सीपमूलक तालिममा सरकारले सहयोग गर्ने छ । आर्थिक उपार्जनमा लाग्न सुझाव दिनुभयो । गरिआएको पेसालाई व्यवसायिक बनाउन उहाँले आग्रह गर्नुभयो ।

वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले तालिमले नै व्यक्ति सक्षम हुने बताउनुभयो । यहाँ रहेको जातीय विभेद न्यूनीकरणका लागि वडा सरकारले प्रभावकारी कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

तालिमका प्रशिक्षक  पत्रकार मिलन विश्वकर्माले समुदायमा रहेको विभेद न्यूनीकरण गर्न तिनै तहका सरकारको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

समितिका उपाध्यक्ष हुमबहादुर नेपाललीले जातीय विभेद न्यूनीकरण गर्नका लागि दलित समुदायका नागरिकलाई क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभयो । तालिममा सहभागी दिलमाया बिक र कमला विकले तालिमले आफूहरूलाई बोल्न साहस दिएको बताउनुभयो । यस्ता तालिम आगामी दिनमा पनि उपलब्ध गराउन आग्रह गर्नुभयो ।

दलित उत्थान समन्वय समितिका अध्यक्ष राजु परियारको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विन्दु परियारले संचालन गर्नुभएको थियो ।

तालिममा वडाभरिका गरी ५०भन्दा जना दलित समुदायका नागरिकको सहभागिता रहेको थियो ।

तालिममा पत्रकार मिलन विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो । तालिममा निवर्तमान वडाध्यक्ष निलकण्ठ भट्टराई र वडा सदस्य बासुदेव न्यौपानेले तालिममा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्